शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ । दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाइदिने बताइसक्नु भएको छ । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने  निर्णय लिएको उहाँका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation