शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती नदिमा आएको बाढीका कारण सतर्कता अपनाउन आग्रह

रातीदेखि लगातार परेको पानीका कारण पश्चिम राप्तीको दाङ खण्डमा जल सतह खतराको तह नजिक पुगेको छ ।

बगासोती जलमापन केन्द्रमा दिउसो २ बजे तिर जल सतहले ५.४ मिटर पार गरेको सशस्त्र प्रहरी बल भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।‘यो खतराको संकेत हो । हामीले नदि तटिय क्षेत्रमा सूचना प्रवाह गरिसकेका छौं’उनले भने–‘प्यूठानमा पानी धेरै पर्यो भने थप जोखिम  हुन सक्छ ।’

पानीको सतहले ६ दशमलव १ मिटर गरेमा खतराको तह पुगेको मानिन्छ । एक दुई दिन यसैगरी झरी लाग्ने सम्भावना भएकाले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।

जिल्लामा राप्ती र बबई जलाधार क्षेत्रका अधिकांस बस्ती बाढीको जोखिममा पर्ने गरेका छन् । बाढी आएसँगै राप्ती किनार नजिकका बासिन्दाहरू जाेखिम माेलेर दाउरा टिप्न राप्ती नदिमा गएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation