Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर

गढवा २७ मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र पशु चिकित्सकको टोलीले पशुको स्वास्थ्य उपचार र नि:शुल्क औषधी वितरण गरिएको जानकारी दिएका छन् ।

गढवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तरगतको पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो ।

वडा नम्बर १ को जुरौनी आसपासका कृषकहरुको भैसी बाख्राको स्वास्थ्य चेकजाँच तथा निशुल्क औषधी वितरण गरिएका हो ।

उक्त संचालित शिविर कार्यक्रममा ८५ जना कृषक परिवारका १०२० पशुहरुको चेक जाँच र औषधी वितरण कार्य भएको पशु प्राविधिक सुनिल चौधरीले जानकारी दिनु भयो । शिविरमा एक हजार बाख्रा र २० भन्दा बढी भैसीको स्वास्थ्य चेकजाँच गरिएको प्राविधिक चौधरीले जानकारी दिनु भयो ।

शिविरमा जुका, माडे किर्ण, भिटामिन र कारामाईल, बाह्य परजिवी बिरुद्धको भ्याक्सिन लगाईएको थियो भने जुका, नाम्ले, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेम बहादुर चौधरीले जानकारी दिनु भयो ।

शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्यालगायतका विभिन्न रोगहरुको बारेमा कृषकहरु लाई जानकारी प्रदान गरिएको थियो ।

शिविरमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, पशुपंक्षी शाखाका कर्मचारी, पशु प्राविधिक लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation