सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, २ जना घाइते

गढवा १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी रा ३ प ८७२९ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर घर हुने अन्दाजी १९ वर्षीय भतिजा प्रविन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ ।

त्यसैगरी दुर्घटनामा परी रा ५ प ३४२५ मोटरसाइकल सवार अत्तवारी यादव भनेर चिनिने मोहन कुमार यादव घाईते भएका छन । घाइते यादवको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था खतरा मुक्त रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ हांसीपुर निवासी अन्दाजी २७ बर्षिय कमल चौधरीको आखामा चोट लागेको र लमही आँखा अस्पतालमा उपचार डिस्चार्ज भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ ।

आइतबार दिउँसो करिब १:४५ बजे मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुने प्रविन चौधरी र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक कमल चौधरीका भतिज हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation