
जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड ।
प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए ।
उनका बुवाको निधन भइसकेको छ । प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् ।
शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।