
दाङ १ पुस । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान” राप्ती गाउँपालिकामा प्रभावकारी बन्दै गएकाे छ ।
अभियानको क्रममा राप्ती गाउँ पार्टी कमिटीले वडा भेला, टाेल कमिटी गठन सँगसँगै पार्टी सदस्यता नवीकरण लाई पनि तिब्र पारेको छ ।
पार्टीले अभियानकाे शुरुआती चरणमै पालिकाकाे ९ वटै वडाहरुमा वडा कमान्डर ताेकेर अभियान सञ्चालन गरिरहेको छ ।
अहिले दैनिक जसाे प्रत्येक वडाहरुमा भेला तथा छलफल कार्यक्रम सँगै पार्टी सदस्यता नवीकरण कार्य सञ्चालन भई रहेको पार्टीका गाउँपालिका सचिव बसन्त नेपालीले जानकारी दिनुभयो ।
पालिकामा अभियानलाई प्रभावकारी बनाउन पार्टीका प्रदेश सचिव कृष्ण अधिकारी “प्रकाश” इन्चार्जकाे रुपमा खटिनु भएको छ ।
पार्टीका नेता र जनताहरु बीच भेटघाट पातलिदै गए सँगै जनताहरुमा देखिएको निराशा र पार्टी नेतृत्वमा रहेको सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने उदेश्यले पार्टीले गत भदौ १६ गते देखि तीन महिने अभियान सञ्चालन गरेको हाे ।
अभियान पुन १ महिना थप गरिएको छ । अभियान यही पुस १५ गते सम्म चल्ने बताइएको छ ।