Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवा गाउँपालिकाद्वारा नि:शुल्क ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

गढवा २ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले नि:शुल्क रुपमा ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

सोमबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नि:शुल्क लोकसेवा तयारी कक्षाको समुद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङको प्राविधिक सहयोगमा कक्षाको आयोजना भएको हो ।

कक्षा १२ पास गरेर बिदेशीने युवा पुस्तालाई स्वदेशमै पढाई गरी लोकसेवा आयोगमा नाम निकाल्न सहज हुस भन्ने उद्देश्यका साथ गढवा गाउँपालिकाले पालिकाबासीका लागि ७५ दिने नि:शुल्क लोकसेवा तयारी कक्षा शुरु गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

७५ दिने नि:शुल्क लोकसेवा तयारी कक्षाको समुद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गत बर्ष लोकसेवा तयारी कक्षा सञ्चालन पश्चात् धेरैको माग पुनः तयारी कक्षा सञ्चालन गर्नु पर्यो भनेर आएकोले यस बर्षपनि कक्षा सञ्चालन गरेको बताउनु भयो । गत वर्ष मधेशी मुस्लिम, मुक्त कमैया, दलित लक्षित समुदायको बजेट बाट लोकसेवा तयारी कक्षा सञ्चालन गर्दा सबैको सहभागिता हुनेगरी माग अनुसार यश बर्ष कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा लोकसेवा प्रति आकर्षण बढेको भन्दै त्यही कार्यक्रम निरन्तरता दिएको बताउनुभयो । ७५ दिने कक्षाबाट सबै लोकसेवाबाट नाम निकाल्ने भन्ने हुदैन तर तयारी गर्नेहरुका लागि ठुलो सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनुभयो । गढवा बाहिर गएर लोकसेवाको तयारी गर्न नसक्ने बिपन्न बर्गहरुलाई लक्षित गरी पालिकाले गढवामा तयारी कक्षा सञ्चालन गरेको बताउनु भयो । लोकसेवा तयारी कक्षा गढवामा सञ्चालन हुनु ठुलो अवसर भएको बताउदै सहभागीसबैले निरन्तर सहभागी भई कक्षा लिन अनुरोध गर्नु भयो । पटक पटक पालिकाले सञ्चालन गर्ने तयारी कक्षाबाट पालिकाले ठुलो अपेक्षा गरेको बताउनु भयो ।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हुनेखानेले जाहाँ पनि लोकसेवा तयारी कक्षा पढाउन सक्ने तर आर्थिक अवस्था न्युन भएकाहरुले पढाउनै नसक्ने अवस्थालाई मध्यनजर गर्दै आफुहरु निर्वाचित भएदेखी यो दोस्रो पटक कक्षा सञ्चालन गरेको बताउनु भयो।१२ कक्षा पास गरेर कित घरमै बस्ने कित बिदेश पलायन हुनेहरुको संख्या बढ्दै गएकोले शिक्षामा जोडदिन लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताउनु भयो । गढवामा लोकसेवा तयारी कक्षा पढ्न पाउनु त्यो पनि निःशुल्क यो सुनौलो अवसर भएको बताउनुभयो ।

उदघाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाआ प्रमुख श्याम बहादुर बिकले गढवा गाउँपालिकाले जिल्लामै पहिलो पटक लोक सेवा तयारी कक्षाको नि:शुल्क कक्षा सञ्चालन गरेको हुन सक्ने बताउनुभयो । आफु लोक सेवाको तयारी गर्ने समयमा पैसा दिएर पनि पढ्न नपाएको स्मरण गर्दै प्रमुख बिकले ७५ दिने निशुल्क लोकसेवा तयारी कक्षामा सुरु देखि अन्त्यसम्म अनिवार्य रुपमा सहभागी भई कक्षा लिन सहभागीहरुमा अनुरोध समेत गर्नुभयो । पहिले सुविधा नभएको र लोक सेवा भन्ने समेत थाहा नभएको बताउदै पालिकाले नि:शुल्क आयोजना गरेको तयारी कक्षा शिक्षा क्षेत्रमा पालिकाको उदाहरणीय काम भएको बताउनुभयो। हामी पढ्ने बेला आज जस्तो सहज थिन, लोक सेवा के हो भनेर पनि राम्रो संग सबैलाई जानकारी थिन तर आज पालिकाले निशुल्क कक्षा सञ्चालन गरेको छ यो विद्यार्थी भाई बहिनीहरुको लागि ठुलो अवशर भएको बताउनुभयो ।

१२ कक्षा उतिर्ण वा सो सरहका विद्यार्थीहरुले नि:शुल्क लोकसेवा तयारी कक्षामा सामेल हुन पाउने छन्। कक्षा सुरु पौष ३ गते बिहान ६:३० बजेदेखि सञ्चालन हुने भएको छ ।

उदघाटन कार्यक्रममा गढवा उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्मा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, शिक्षा, युवा तथा खेलकुद विकास शाखाआ श्याम बहादुर बिक, योजना शाखा प्रमुख प्रेम प्रकाश दाहाल, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङका कोडिनेटर श्रवन कुमार यादव लगाएतकाको सहभागिता रहेको थियो। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गढवा गाउँपालिका रोजगार शाखाका सत्यपाल यादवले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation