Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान समापन

दाङ १६ पौष । दाङको राप्ती गाउँपालिकामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षा तथा समापन गरिएको छ ।

राप्ती गाउँपालिका गाउँ कमिटीको आयोजनामा सञ्चालित घरघरमा माओवादी जनजनमा माओवादी भन्ने विशेष नाराका साथ गत भदौ १६ गतेदेखि सञ्चालन भएको चार महिने अभियानकाे समापन गरिएको हाे।

कार्यक्रममा अभियानमा गरिएका उपलब्धिहरु पार्टीका गाउँ कमिटीका उपाध्यक्ष रण बहादुर पुजाली ‘ राजेन्द्र’ले प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुले नेकपा माओवादी केन्द्र पार्टी भनेको गरिव दुखिलाई साथ र हात दिई समन्वय गरेर अन्यायको विरुद्धमा लडिरहने पार्टी भएको बताउनु भएको थियो ।

नेकपा माओवादी पार्टीले हजारौ सहिदहरुको बलिदानले लिएको यो व्यवस्थामा रजाई गरी उल्टाउन खोज्नेलाई परास्त गरी देशमा सुशासन कायम गर्न केन्द्रले सञ्चालन गरेको अभियानले नयाँ तरङ्ग ल्याउने समेत बताउनु भएको थियो । देशले फेरी विगतमा भएको जस्तै भ्रष्टचार, विकृती तथा विसङ्गति हटाउन, अराजकतालाई पन्छाउन फेरी नेकपा माओवादी नै चाहिने उहाँको भनाइ रहेको थियो ।

त्यस्तै उहाँले अभियान सकिए पनि पार्टी सदस्यता नविकरण, भेटघाट बैठक र छलफल निरन्तर जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचीव तथा अभियानका इन्चार्ज कृष्ण अधिकारी ‘प्रकाश’, बैकल्पिक केन्द्रिय सदस्य होम प्रसाद शर्मा, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टोप बहादुर कार्की, प्रदेश कमिटी सदस्य चित्र बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य श्यामेस चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उद्योग व्यापार संगठन नेपाल राप्तीका अध्यक्ष गन्ज बहादुर विष्ट, लगायतका वक्ताहरूले पार्टीको आगामी लक्ष्य र अभियानका बारेमा भनाइहरु राख्नु भएको थियो ।

पार्टीका नेता कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठन प्रतिनिधिहरु सहभागी कार्यक्रमकाे सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटीका सचीव वसन्त नेपालिले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation