
देउखुरी । इलाका प्रहरी कार्यालय सिसहनियाँ डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेकाे हाे ।
बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित स्थानमा सर्ने तयारी गरेका छन ।`हामी बाढी घट्छ कि भन्ने आशामा छाैं । तर, कुनै सम्भावना देखिएको छैन´प्रहरी नायव निरिक्षक जीवन केसीले भने-`काेठाभरी पानी छ । खाटमा उभिएका छाैं ।´ दाेलही खाेलामा बाढी आउदा छेउछाउँका बस्तिमा डुबानकाे जाेखिम बढेकाे छ ।