Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २६ गते देखि शुरु हुँने

दाङ २३ पुस । राप्ती गाउँपालिका दाङको दाेस्राे गाउँसभाको चाैथाे अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २६ गते देखि शुरु हुने भएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठककाे निर्णय अनुसार पुष २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयो ।

गाउँकार्यपालिकाको बैठकमा गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation