देउखुरी २६ पौष । दाङ देउखुरीको राप्ती गाउँपालिका २ हर्षेडाँडामा परम्परागत माघी मेला हुने भएको छ ।
“हाम्रो परम्परा, हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ कालिका सामुदायिक बन उपभोक्ता समिती लालमटियाले आयोजना गरेको परम्परागत माघी मेला पौष २९ गतेदेखि माघ २ गते सम्म संचालन हुने छ ।
उक्त मेलामा सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती रहने छ । मेलाका मुख्य आकर्षक चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, गायिका सम्झना भण्डारी, डान्सर दिपक बर्मा तथा स्थानीय कलाकारहरुका साथसाथै मेला अवधिभर न्यु डान्स कृयसन लालमटियाको बेजोड प्रस्तुति रहने छ भने बर्षा पाण्डेले कार्यक्रमको उद्घोषिकाको भुमिका रहने छ ।
त्यस्तै मेलामा व्यापार गर्न चाहाने व्यक्तिले स्टल बुकिङको लागि बेदुलाल सुवेदी ९८४७८५८६०८, शिला पौडेल ९८६९९३०९९५ र सांस्कृतिक कार्यक्रमको लागि लालमणी भुषाल ९८४७९६७००७ उक्त नम्बर मा सम्पर्क गरेर नाम दर्ता गराउन सकिने मेला आयोजक समितिले बताएको छ ।