राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

गढवा ७ माघ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १४औं राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता – २०८० को शुक्रबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवा १ कालाकाटेको खेलमैदानमा तिनदिन जारी राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन भएको हो ।

जनता माध्यमिक विध्यालय कालाकाटेका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर महताराको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

२०८० सालको राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडिया १५ गोल्ड र ७ सिल्वर पदक सहित प्रथम भएको छ ।

त्यसैगरी जनता माध्यमिक विद्यालय गढवा ८ गोल्ड र १३ सिल्वर सहित द्वतिय र माध्यमिक विद्यालय चयनपुर ६ गोल्ड र २ सिल्वर पदक सहित तृतीय स्थान हाँसिल गर्न सफल भएको छ, त्यसैगरी राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका चौथो र माध्यमिक विद्यालय पचहिया पांचौ स्थान हाँसिल गर्न सफल भएका छन ।

गढवा गाउँपालिका स्तरिय १४औं रास्ट्रपति रनिङ्ग शिल्ड तथा गढ्वा गाउँपालिका स्तरीय अन्तर बिध्यालय खेलकुद प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म आयोजक बिध्यालय जन्ता माध्यमिक विद्यालय कालाकाटे देउखुरी दाङ्गमा सम्पन्न भयको हो ।

गढवा गाउपालिकाको आर्थिक सहयोग तथा जनता माध्यमिक विद्यालय कालाकाटेको आयोजना तथा जिल्ला खेलकुद परिषद दाङ को प्राबिधिक समन्वयमा १४औं राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमको सहजिकरण जनता माध्यमिक विद्यालय कालाकाटेका सहायक प्रधानाध्यापक भानु जिएमले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation