देउखुरी ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय माैरीघाटले हात पारेको छ ।
गत शुक्रबारदेखि तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा माध्यमिक विद्यालय माैरीघाट प्रथम, शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका छन ।
प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ३ काँश्य सहित १९ पदक जित्दै माध्यमिक विद्यालय माैरीघाट प्रथम भएको हाे ।
त्यस्तै ८ स्वर्ण, २ रजत र ७ काँश्य सहित १७ पदक जित्दै शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र ७ स्वर्ण, १२ रजत र ६ काँश्य सहित २५ पदक जित्दै सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका हुन ।
विजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेश सभाका संसद इन्द्रजित थारु,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।
प्रतियोगिता राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँकाे आयाेजनामा सञ्चालन भएको थियो ।
पालिका भरिका सामुदायिक र संस्थागत गरि २७ ओटा विद्यालयहरुले भाग लिएकाे प्रतियोगितामा विभिन्न १० भन्दा बढी खेलहरु समावेश गरि खेलाईएको थियो ।
प्रतियोगिताका विजेता विद्यालयहरुका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन ।
आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विजेता विद्यालय माध्यमिक विद्यालय माैरीघाटले गर्ने बताइएको छ ।