Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा विद्युत सब–स्टेसन शिलान्यास गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण हुने

देउखुरी ९ माघ । दाङको राप्ती गाउँपालिकामा विद्युत सब–स्टेसन निर्माण सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो ।

पालिकामा विद्युतको लो भोल्टेज, ओभरलोड र विद्युत कटाैतीकाे समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त सब–स्टेसन निर्माण गर्न लागिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

एकता नगरमा निर्माण हुने विद्युत् सब–स्टेसनको मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले अब राप्तीमा विद्युतकाे सबै समस्याहरु सधैँका लागि अन्त्य हुने बताउनुभयो ।

उहाँले पालिकाका कतिपय वडाका पहाडी गाउँका नागरिकहरु अझै पनि अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको बताउदै सब–स्टेसनकाे काम सम्पन्न भए सँगै त्यो बाध्यताकाे अन्त्य हुने बताउनुभयो ।

१५ महिना भित्र काम सम्पन्न गर्ने गरी एस टी ए एल एम ई जेभी कम्पनीलाई ५० कराेड रुपैयाँमा ठेक्का दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुख युवराज रावतले देउखुरी क्षेत्रमा विद्युतकाे समस्या समाधान गर्ने प्रयास भइरहेको बताउदै सब- स्टेसन निमार्णले विद्युतकाे धेरै समस्या समाधान हुने बताउनुभयो ।

सब- स्टेसन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैैधरी, वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, निर्माण व्यावसायि, सरोकारवाला लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation