Dangali Onlinekhabar

Advertisment

SKIP THIS

शिक्षामा गुणस्तर सुधारका लागि अतिरीक्त कक्षा सञ्चान गर्दै गढवाका सामुदायिक विद्यालय

गढवा १२ माघ । शिक्षामा गुणस्तर सुधारका लागि गढवामा अतिरीक्त कक्षा सञ्चान सुरु भएको छ। गढवा गाउँपालिका वार्ड नम्बर ६ बालाखुटीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले शुक्रबारदेखी अतिरीक्त कक्षा सञ्चान सुरु गरेको छ ।

अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेको बताउनुभयो। गढवा गाउँपालिकाको शिक्षामा गुणस्तर सुधारका लागि आफु निरन्तर नयाँ कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।

अभिभावकहरुला लागि अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको बताउदै अभिभावक शिक्षा कार्यक्रमबाट अभिभावकहरुल सक्रियता र विध्यालयको कार्यक्रम उपस्थिति असाध्यै राम्रो भएको बताउनु भयो । शिक्षा सुधारको लागि अभियान जस्तै पालिका लागेको बताउनुभयो। अतिरीक्त कक्षामा विद्यार्थी लाई थप भार नहुने बताउदै गुणस्तरीय शिक्षाको लागि विध्यार्थीको मनोभावना अनुसार पढाई हुने बताउनु भयो । विध्यालयमा अभिभावकहरुको सक्रियता अनिवार्य हुनु पर्ने बताउदै अध्यक्ष पोख्रेलले अभिभावकको सक्रियता न्युन हुंदा झन शिक्षामा बदलाव नहुने बताउनु भयो। बालाखुटीको विध्यालयले गुणस्तर सुधारको लागि गरेको प्रयास एकदम राम्रो भएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले अतिरीक्त कक्षा सञ्चानको समुद्घाटन कार्यक्रममा अभिभावकहरुको उपस्थिति सरहनिय भएको बताउनुभयो । आफुहरु निर्वाचित भए देखी शिक्षामा संवेदनशील भएको बताउदै शिक्षामा सुधार गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो। गाउपालिकाको नमूना विध्यालयकोरुपमा विध्यालयलाई बनाउन शुभकामना समेत दिनु भयो ।

कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले गुणस्तरीय शिक्षाको लागि अतिरीक्त कक्षा सञ्चालन महत्वपूर्ण हुने बताउनु भयो । पालिकाले बर्षेनी ठुलो मात्रामा लगानी गरेको बताउदै सामुदायिक विध्यालयमा पढाई हुदैन भन्नुको साटो अभिभावकहरुले पनि त्यसको जिम्मेवार भएको बताउनु भयो । सामुदायिक बिध्यालयको बिकाश र शिक्षाको गुणस्तरका लागि अन्य बिकास योजनाबाट रकम कटौती गरेर भएतापनि लगानी गर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुबेदीले विध्यालयलाई पालिकाको नमूना विध्यालय बनाउने हिसावले आफुहरु लागि परेको बताउनुभयो । बिहान ८ बदे देखी साझ ६ बजे सम्म अतिरीक्त कक्षा सञ्चालन हुने बताउदै बिध्यालयको हक हितको निम्ति आफु निरन्तर लागेको जानकारी दिनु भयो । अतिरीक्त कक्षा सफल गर्न अभिभावकहरुको सहयोग अपरिहार्य भएको अध्यक्ष सुबेदी बताउनुभयो ।

समुद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, वडासदस्य दिनमणी आचार्य, ७ नम्बर वडा सदस्य निर्मला नेपाली, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, पूर्व विध्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकन्त पन्त, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल, तुमला ढुङगाना लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रमको बारेमा विध्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिक सुदन केसीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation