मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पहिरोले आर्घाखाँची-कपिलवस्तु सडक ठाउँठाउँमा अबरुद्ध

अविरल वर्षाको कारण अर्घाखाँचीको सन्धीखर्क-चन्द्रौटा सडकको ठाउँ ठाउँमा अवरोध सृजना भएको छ । यो सडक खण्डको विभिन्न स्थानमा पहिरो र सडक भत्किएको हो ।

सडक अवरोध भएपछि दशैंमा टीका थाप्न गएका र आएका मानिसहरु घर फर्किन पाएका छैनन् । पहिरोका कारण यातायातका साधनहरु नियमित संचालन हुन सकेका छैनन् भने ठाडा, नरपानी र फुदवाङ्गमा गाडीहरुलाई रोक लगाइएको छ । कपिलवस्तुको शितगंगा नगरपालिका ४ बरकोट, वेथरी जंगलमा पहिरो खस्दा सडकखण्ड केहीबेर अवरुद्ध भएको छ । सडक खुल्ने र बन्द हुने क्रम रोकिएको छैन ।

सन्धीखर्क नगरपालिका वडा नम्बर ६ जगता, वडा नम्बर ७ घुम्तीमा ठुलो पहिरो खस्दा अवरुद्ध सडक खण्ड खुलाउन डोजर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रवक्ता प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार अर्घाखाँचीका भित्री सडक खण्डमा समेत ठूला पहिरोहरु गएका छन् । जिल्लास्थित सुरक्षा निकायको सक्रियतामा सन्धिखर्क नगरपालिका र सडक विभागको समन्वयमा बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरो, सडक भत्किँदा सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकाका सयौं घरहरु जोखिममा परेका छन् । घरहरु जोखिममा परेपछि मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation