गढवा १४ माघ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ ।
मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो ।
न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । पुनरताजगि कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले बोलि व्यवहारको विकास गर्न सके मेलमिलापकर्ताहरुको लागि पुनरताजगि कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ कावडा अध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाको न्यायिक समितिले नमुनाकामहरु गर्दै आएको बताउनुभयो। जटिलभन्दा जटिल बर्षौदेखीको मुद्दाहरु सजिलै मेलमिलापगरी मिलाएको बताउदै न्यायिक समितिको कार्यसम्पादन उत्तम भएको बताउनु भयो । आउने दिनहरुमा सामुदायिक मेलमिलापकर्ताले वडा कार्यालय बाटै मेलमिलाप गर्ने शुभारम्भ गरे जनतालाई सहज हुने बताउनुभयो । सबैको पहुँचको आधारमा मेलमिलापकर्ताहरुको उपस्थिति हुने गरी कार्यक्रम अघि बढाउन सुझाव दिनु भयो ।
मेलमिलापकर्ताका लागि पुनरताजगि कार्यक्रममा विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पक्षमाथि
छलफल गरिएको थियो ।
पुनरताजगि कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथ्य न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले वडा नम्बर १, २ र ३ का सामुदायिक मेलमिलापकर्ताहरुलाई सफत समेत खुवाउनु भएको थियो ।
कार्यक्रममा न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द, २ नम्बर वडाका सचिव अनिशा चौधरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।