वार्षिक उत्सवको अवसरमा ‘शुभतारा कप’ फुटबल प्रतियोगिता सुरु

गढवा १५ माघ । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सवको अवसरमा सोमबार देखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा उद्घाटन भएको हो।स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ विद्यालयले खेल सप्ताह सुरु गरेको हो ।

गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि पनि आवश्यक रहेको बताउनुभयो । विद्यालयले खेलकुद प्रतियोगिता बाट विद्यार्थीहरुको खेलक्षमता जांच गरी पालिका स्तरीय हुदै जिल्ल र राष्ट्रिय खेलमा समेत प्रतिनिधित्व हुने हिसावले विद्यार्थीहरुलाई पढाईको साथै खेलमा पनि जोड दिनु पर्ने बताउनुभयो । गढवा गाउँपालिकाले पालिका स्तरीय खेल मैदानको प्रक्रिया अघि बढाएको समेत जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले खेलमा राम्रो सम्भावना भएकोले विद्यार्थीहरुको रुचीअनुसार खेलमा चासो दिनुपर्ने बताउनुभयो । गढवा गढवा गाउँपालिकाको आठ वटै वडामा वडा स्तरीय खेलमैदानको पक्षमा आफु रहेको बताउदै ६ नम्बरको मनिकापुरमा खेलमैदान निर्माण गर्ने तयारी पुरा गरेको बताउनु भयो ।

शुभतारा कपमा चार टिमले सहभागिता जनाएका छन ।

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवा र साउथन इङ्ग्लिस बोर्डिङ स्कुल र ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवा र सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडिया बिच खेल हुनेछ । चार टिम मध्ये दुई टिम फाइनलका लागि प्रयास गर्ने कार्यक्रम तय गरिएको शुभ तारा इङ्लिश बोर्डिङ स्कुल गढवाका खेल शिक्षक अशोक रोकायाले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नो १४औ वार्षिक उत्सवको अवसरमा माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु गरेको प्रिन्सिपल बिकाश रजौरे जानकारी दिनुभयो । खेलमा प्रथम हुने विद्यालयलाई १० हजार नगद, कप मेडर र प्रमाणपत्र पुरस्कार दिइनेछ भने द्वतिय हुने विद्यालयले ७ हजारकप मेडर र प्रमाणपत्र पुरस्कार पाउने छन ।

उद्घाटन कार्यक्रममा राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका खेल शिक्षक रमेश खड्का, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल खेल शिक्षक निराजन यादव, सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका खेल शिक्षक बिजय खनाल, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाको सहभागिता रहेको थियो ।

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सीपल मधुबाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation