मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवा गाउँपालिकाको १४औं अधिवेशन सुरु, दुई विधेयक प्रस्तुत

गढवा २१ माघ । दाङ देउखुरी गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन शुरु भएको छ । आइतबार देखि गाउँपालिकाको सभाहलमा १४औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँ सभाको पहिलो बैठकमा बिध्येक समितिका संयोजक लेख बहादुर थापा दुई वटा विध्येक प्रस्तुत गर्नु भएको थियो । आर्थिक रुपले विपन्न, सिमान्तकृत, विपन्न दलित, अशक्त तथा लोपोन्मुख नागरिकहरुलाई सामाजिक न्यायका सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक सामाजिक न्याय सम्बन्धी २०८० र गढवा गाउँपालिकाको कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसाय संरक्षण, प्रवर्द्धन, आधुनिकीकरण तथा व्यवस्थापन गर्न बनेको विध्येक स्थानीय कृषि तथा पशुपंक्षी २०८० प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी लेखा समिति संयोजक आशाराम चौधरीले लेखासमितिको प्रतिबेदनमा मालेपले औल्याएको बेरुजु रकमको बिरेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त दुबै विधेयकमा अर्को गाउँ सभाको बैठमा सदस्यहरुले राय सुझाव तथा संशोधनसम्बन्धी प्रस्ताव पेश गर्न सक्ने बताईएको छ ।

गढवा गाउँपालिका गाउँ सभाको १४औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरू लगायतकाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation