समृद्धिका लागि वन परियोजना अन्तर्गत दाङको राप्ती गाउँपालिका सहित लुम्बिनी प्रदेशका ३ स्थानीय तह सम्मानित

दाङ २२ माघ । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित लुम्बिनी प्रदेशका ३ स्थानीय तहहरु सम्मानित भएका छन ।

उक्त परियोजना लागू भएका लुम्बिनी प्रदेशका २५ वटा स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित बाँकेको बैजनाथ गाँउपालिका र रूपन्देहीकाे सैनामैना नगरपालिका उत्कृष्ट गाउँपालिकाकाे रुपमा छनाेट भई सम्मानित भएका हुन ।

लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी अन्तर्गत भालुबाङमा साेमबार एक कार्यक्रमकाे आयोजना गरि ती स्थानीय तहहरुलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको हाे ।

लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित हुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, रेड कार्यान्वयन केन्द्रका प्रतिनिधि, विश्व बैंकका प्रतिनिधि,वन प्राविधिकहरु लगायतकाे सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation