Dangali Onlinekhabar

Advertisment

SKIP THIS

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित, ९ बुँदे लुम्बिनी घोषणापत्र जारी

लुम्बिनी २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

समाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य मनोनित सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दिपक घिमिरे, कोषाध्यक्षमा दशरथ घिमिरे, समावेशी सचिव राधा बस्नेत(रिया) रहेका छन् । त्यसै गरि सदस्यहरूमा अर्जुन कुमार अधिकारी, किरण जिसी, अमरराज भण्डारी, छवि पुरी, यमकला भुसाल, टोपराज शर्मा निर्विरोध निर्वाचित भएका हुन् । यसै गरि आजै बसेको नयाँ कार्यसमितिको बैठकले ३ जनालाई मनोनीत गरेको छ । यसरी मनोनित हुनेहरूमा सन्तोष कुमार गुप्ता, घनश्याम भर, दिपक बोहरा रहेका छन् । बैठक नव निर्वाचित अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा लुम्बिनीमा बसेको थियो ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको शनिबार लुम्बिनीमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ९ बुँदे लुम्बिनी घोषणापत्र जारी सम्पन्न भएको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ ।

यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसहमतीमा पारित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation