Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरीको मौरिघाटमा शनिबारका दिन रक्तदान कार्यक्रम संचालन हुँदै

देउखुरी ४ फागुन । दाङ देउखुरीको राप्ती गाउपालिका ४ मौरिघाटमा यहि शनिबार अर्थात भोलि ५ गते रक्तदान कार्यक्रम संचालन हुँने भएको छ ।

मौरिघाट बजार व्यवस्थापन समिती र मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइको आयोजना तथा नेपाल रेडक्रसको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुँने भएको हो ।

एक एक थोपा रगतले कसैले नयाँ जिवनदान पाउने भएकोले कार्यक्रममा सहभागी भएर पुण्यको काम गरिदिनुहुन अनुरोध गरिएको छ ।

सो कार्यक्रम यहि फागुन ५ गते शनिबारका दिन बिहान ९ बजे देखि मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइमा संचालन हुने ईकाइ प्रमुख चेतन पोख्रेलले जानकारी दिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation