![](https://dangalionlinekhabar.com/wp-content/uploads/2024/02/1708184296261-01.jpeg)
देउखुरी ५ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले जितेको छ ।
शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै समूह `बी´ बीच भएको खेलमा समूह `ए´ले समूह `बी´ लाई २-० गाेल अन्तरले हराउँदै उक्त उपाधि जितेको हाे ।
प्रतियोगितामा युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `बी´ उपविजेता भएको छ ।
विजेता हुने टिमले २० हजार र उपविजेताले १२ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन ।
फागुन १ गतेदेखि राप्ती गाउँपालिका -२ लालमटिया स्थित टुडिखेलमा सुरू भएको प्रतियोगितामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, सितगंगा नगरपालिका र लमही नगरपालिकाका गरी जम्मा १३ समूहको सहभागिता रहेको थियो ।
विजयी समूहका खेलाडीहरु लाई नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण शर्माले मेडल, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
साे अवसरमा बाेल्दै अध्यक्ष शर्माले खेलकुदले युवाहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।