बिहिबार, माघ २३, २०८२

देउखुरीको मौरिघाटमा रक्तदान कार्यक्रम सम्पन्न, ३२ जनाले गरे रक्तदान

देउखुरी । दाङ देउखुरीको राप्ती गाउपालिका ४ मौरिघाटमा रहेको मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मौरिघाट बजार व्यवस्थापन समिती र मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइको आयोजना तथा नेपाल रेडक्रसको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

माैरिघाट बजार ब्यवस्थापन समिति का अध्यक्ष बेगम बहादुर बस्नेतकाे अध्यक्षता, राप्ती गाउँ पालिका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यता तथा वडा न. ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरिकाे बिसिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गेरेका थिय । रक्तदा गर्ने व्यक्तिहरुला सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिष्टले मानव जिवनलाई नभई नहुने कामको सुरुवात गर्नु भएकोमा र हाम्रो शरीरबाट खेरा गैरहेको हाम्रो रगत दान गरेर कसैको जीवन बाच्छ भने किन नगर्ने रक्तदान, आफुले गरेको एक एक थोपा रगतले अरु कसैले नयाँ जीवन पाउने लगाएतका कुरा राख्दै बजार व्यवस्थापन समितिलाई राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद दिनु भएको थियो ।

त्यस्तै रक्तदान कार्यक्रम पहिलो पटक गरेको र फेरि पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बजार व्यवस्थापन समितिका अध्यक्ष बेगम बहादुर बस्नेतले बताउनु भयो ।

कार्यक्रममा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी ( अनुप ), ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारी, राप्ती गाउँपालिका प्रशासकीय अधिकृत नेब बहादुर वलि, राप्ती गाउँपालिका स्वास्थ्य साखा प्रमुख नारायण रावत, रेडक्रस लालमटिया साखा अध्यक्ष किरण भण्डारि रक्तदान गर्ने रक्तदाताहरु लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सर्वाहित बचत तथा ॠण सहकारि संस्था माैरिघाट, ४ नम्बर वडा कार्यलय ४ माैरिघाट, सान्ति सामुदायिक बन सुँगुरे, मिरमिरे लघुबित्त माैरिघाट, ज्याेति बिकास बैंक माैरिघाट, चित्र बहादुर मल्ल, कमल के. सि, शंकर गाैतम, प्रेमबहादुर के सि, स्वराेजगार पसुपंक्षी स्स्था माैरिघाट, दुर्गा प्रसाद सर्मा, जितेन्द्र मल्ल, विस्णु याेगि, मनु गिरि, जितेन्द्र सिङ ठकुरी, रामबहादुर मल्ल, मिनराज सर्मा, बसन्त कुवर, प्रकाश खड्का, नन्दु गिरि, अभिमान चाैधरि, ओम कार्कि, हलिम मिया लगायतका व्यक्तिहरुले कार्यक्रमलाई आर्थिक सहयोग गर्नु भएको थियो ।

बजार व्यवस्थापन समितिका कोषाध्यक्ष गोबिन्द बहादुर के. सि. को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचीव राम बहादुर मल्लले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation