Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते हुँदै

दाङ १३ फागुन । दाङको लमहीमा देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते हुन लागेको छ ।

सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि-टु कला केन्द्रको प्रोडोक्सनमा सो फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा एक भब्य कार्यक्रमका बीच समापन हुन लागेको हो । फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क १ सय रुपैँया कायम गरिएको डि-टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिएका छन । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने बर्माले बताएका छन ।

पहिलो चरणको कार्यक्रममा दुई सय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यस मध्ये दोस्रो चरणको लागि एक सय बीस जना छनोट भई फाइनलमा पन्ध्र जना प्रतियोगीहरु प्रवेश गरेको डि-टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिए । कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह, आरके मौर्या र सबिना ठकुरी रहने छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation