बिहिबार, माघ २३, २०८२

बालसंसार एकेडेमी गढवाको ५औं वार्षिकोत्सव सम्पन्न

गढवा १३ फागुन । बालसंसार एकेडेमी गढवा ६ गढवाको ५औं वार्षिकोत्सव आइतबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले कक्षा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको हो ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पछिल्लो समयमा धेरै विद्यालय खुल्ने गरेको बताउदै विद्यालयहरु बिच शिक्षामा गुणस्तर कुन विद्यालयले दिनसक्छ भन्ने बिच प्रतिपर्धा हुन आवश्यक रहेको बताउनुभयो । बालसन्सार एकेडेमी गढवाले कम समयमा अभिभावकको मन जितेको विद्यार्थी संख्याले देखाईरहेको बताउनुभयो । ‘तपाईहरु विद्यार्थीलाई गुणस्तरीय शिक्षा र व्यवहारीक शिक्षामा बढी जोड गर्नुस् उपाध्यक्ष चौधरीले भन्नु भयो ।’ रिजल्ट संगै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले कस्तो ज्ञान, सिप र संस्कार पाउदै छन भन्ने कुरा धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

वार्षिक उत्सव कार्यक्रममा शिक्षक सिता यादव, गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका दामोदर ढुङगाना, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाका शिक्षक मधुबाबु थापा, चेतनशील महिला समाज गढवाकी अध्यक्ष सकुन्तला डिसी, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव लगाएतकाले विद्यालयको उत्तरोत्तर प्रगतिको लागि शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

विद्यालयको वार्षिक शैक्षिक प्रतिबेदन विद्यालयका प्रिन्सिपल श्रृजना धमलाले प्रस्तुत गर्नुभएको थियो ।

लिलाधर आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण माधव शर्माले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation