मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदै

देउखुरी १७ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ ।

खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नम्बर ३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नम्बर ३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिनुभयो ।

खेल फिफाकाे नियम अनुसार खेलाइने बताइएको छ ।

पुरुषहरुकाे खेल वडा नम्बर ३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने छ भने महिलाहरुकाे खेल वडा नम्बर २ लालमटिया स्थित टुडिखेल मैदानमा हुने छ ।

प्रतियोगिताकाे बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेताले ३०/३० हजार नगद पुरस्कार पाउने संयाेजक अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार हुने खेलकुद प्रतियोगिताकाे उद्घाटन खेल पुरुष तर्फ वडा नम्बर २ र ७ बीच हुने भएको छ भने महिला तर्फ वडा नम्बर ५ र ७ बीच हुने बताइएको छ ।

खेल आगामी २० गते सम्म सञ्चालन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation