
देउखुरी १९ फागुन । दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिताकाे सेमिफाइनका खेलहरु शनिबार सम्पन्न भएको छ ।
शनिबार सम्पन्न पुरुष तर्फकाे वडा नं.२ र वडा नं. ४ बीच भएको खेलमा वडा नं. २ विजयी भएको छ ।
वडा नं. २ ले वडा नं. ४ लाई २-० को गाेल अन्तरले हराएको हो । त्यस्तै वडा नं. १ र वडा नं. ६ बीच भएको खेलमा वडा नं. १ विजयी भएको छ ।
वडा नं. १ ले वडा नं. ६ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो ।
त्यस्तै महिला तर्फ वडा नं. ३ र वडा नं. ७ बीच भएको खेलमा वडा नं. ३ विजयी भएको छ । वडा नं. ३ ले वडा नं. ७ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो ।
त्यस्तै वडा नं. १ र वडा नं. ४ बीच भएको खेलमा वडा नं. १ विजयी भएको छ ।
वडा नं. १ ले वडा नं. ४ लाई ५-० को फराकिलो गाेल अन्तरले हराएको हो ।
सेमिफाइनलका विजेता वडाहरु बीच आइतबार बिहान ७ बजे देखि फाइनल खेल हुने वडा नं. ३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिनुभयो ।
फाइनल खेल पुरुष तर्फ वडा नं. १ र वडा नं. २ बीच हुनेछ भने महिला तर्फ वडा नं. १ र वडा नं. ३ बीच हुनेछ ।
यसैबीच शनिबार नै सम्पन्न पुरुष जनप्रतिनिधिहरु र कर्मचारीहरु बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुकाे समूह विजय भएको छ ।
कर्मचारीहरुकाे समूहले जनप्रतिनिधिहरुकाे समूहलाई ५-० काे फराकिलो गाेल अन्तरले हराएको हाे ।
त्यस्तै महिला जनप्रतिनिधिहरु र कर्मचारीहरु बीच भएको खेलमा कर्मचारीहरुकाे समूह विजय भएको छ ।
कर्मचारीहरुकाे समूहले जनप्रतिनिधिहरुकाे समूहलाई ३-० काे फराकिलो गाेल अन्तरले हराएको हाे ।
गत बिहीबारदेखि सञ्चालित खेलकुद प्रतियोगिताकाे आइतबार समापन गरिने गाउँपालिकाले जनाएको छ ।