बिहिबार, माघ २३, २०८२

दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

दाङ २१ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ ।

यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । धारपानी सम्म पुग्नका लागि घोराही पनौरादेखी धारपानी सम्मको सडक मर्मत गरिएको छ भने मन्दीरलाई थप आर्कषित बनाउन रंङरोगन गरिएको छ ।

२५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट बिश्वकै अग्लो त्रिशुलमा सलामी, शिव भगवानको पुँजा आरधना तथा भजनकृतन सञ्चालन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

मेलामा बिभिन्न बिकृतीजन्य क्रियाकलाप तथा अन्य नकारात्मक गतिविधि हुन नदिन सुरक्षाकमी, स्थानीय टोल विकास संस्था, व्यापारी लगायत संग तयारी बैठक समेत गरिएको छ । यस्तै मेलामा पार्किङ व्यवस्थापन, यातायात, पुँजा व्यवस्था लगायतका काम गर्न बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।

जसमा समितिका सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रशारप्रसार उपसमिति शारदा पोख्रेलको संयोजकत्वमा पुँजा व्यवस्थापन उपसमिति, टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेव बहादुर बुढाथोकीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ ।

यस्तै सदस्य बलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति, ऋषीदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति, शिवसंकर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, यज्ञश्वरी चन्दको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति, निम बहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकृतन उपसमिति, श्यामप्रकाश आचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैविच तिन दिन सम्म चल्ने महोत्सवमा सहभागी हुन सवै भक्तजनहरुमा समितिले आग्रह गरेको छ ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक बिज्ञप्ती प्रकाशित गरी मेलामा सहभागी हुन सवैमा अनुरोध गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation