Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पाखापानीमा फागुन २४ देखि ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सञ्चालन हुने

देउखुरी २१ फागुन । सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले पाखापानीमा साँस्कृतिक मेला लगाउने भएको छ । सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा स्थित मन्दिरको प्राङ्गणमा ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सञ्चालन हुने जानकारी गराएको छ ।

‘धर्म र परम्परा हाम्रो संस्कार, संस्कृतीको संरक्षण गरौं, शिवरात्री पर्व भव्यताका साथ मनाऔं’ भन्ने मुल नाराका साथ साँस्कृतिक मेला सञ्चालन हुन लागेको सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिएका छन् । अध्यक्ष भण्डारीले भने ‘सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा यहि फागुन २४ गतेदेखि २८ गते सम्म पाखापानीमा सँस्कृतिक मेला सञ्चालन हुने छ ।’

मन्दिरमा महाशिवरात्रीको अवसरमा पुजापाठ सँगसँगै साँस्कृतिक कार्यक्रम समेत हुनेछ । कला सँस्कृतिको जगेर्ना गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमबाट आम्दानी भएको रकमबाट मन्दिर व्यवस्थापनको साथै नव पत्रिभा आधारभुत विद्यायल व्यवस्थापनमा सहयोग प्रदान गरिने साँस्कृतिक मेलाको मुख्य उदेश्य रहेको अध्यक्ष भण्डारीले बताए ।

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ ।

साँस्कृतिक मेलामा बाल उद्यान तथा बालबालिकाहरुका लागि विभिन्न मनोरञ्जन रहनेछन् । महोत्सव अवधिभर पाखापानी डान्स आइडल समेत गराईने छ ।

महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता पाखापानी डान्स आइडल समेत हुने छ । पाखापानी डान्स आइडलमा प्रथम हुनेलाई नगद १५ हजार र म्युजिक भिडियोमा खेल्ने अवसर दिइनेछ भने दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था समेत गरीएको छ ।

मेला अवधिभर न्यु डान्स क्रियशन लालमटियाको बेजोड प्रतुति रहने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation