बिहिबार, माघ २३, २०८२

राप्तीमा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

देउखुरी २२ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा नयाँ प्रविधिहरूमा पहुँच (REPLANT) मार्फत बाली कटानी पछि हुने क्षति राेक्नका लागि गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको ग्रामीण महिला उत्थान केन्द्र दाङकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा गाउँपालिकाकाे कार्यालय मसुरीयामा उक्त बैठक सम्पन्न भएको हाे ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा बाेल्दै अध्यक्ष विष्टले पछिल्लो समय कृषकहरूले बाली कटानी पछि पनि विभिन्न किसमले क्षति बेहाेर्नु परेको बताउदै संस्थाले सञ्चालन गरेको परियोजनाले त्यस्ताे क्षति राेक्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै उहाँले ग्रामीण महिला उत्थान केन्द्रले अर्गानिक खेतीपाती र भण्डारका लागि कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो ।

बैठकमा परियोजनाका संयाेजक हित बहादुर थापाले परियोजनाकाे बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, भृकुटी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कर्मचारीहरुकाे सहभागीता रहेको बैठककाे सहजीकरण परियोजना सुपरभाइजर कमला शर्माले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation