देउखुरी २२ फागुन । गढवा गाउँपालिका दाङले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन ।
मंगलबार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको खेलमा गढवा गाउँपालिकालाई हराउँदै राप्ती गाउँपालिका फाइनल पुगेको हाे ।
राप्ती गाउँपालिका र आयोजक गढवा गाउँपालिका बीच भएको खेलमा दुबै टिमबाट निर्धारित समयमा गाेल हुन नसकेपछि पेनाल्टी सुट आउट मार्फत राप्तीले गढवा लाई ५-३ काे फराकिलो गाेल अन्तरले हराउँदै फाइनलमा पुगेको हाे ।
त्यस्तै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको छ ।
निर्धारित समयमा दुबै टिमबाट २ बराबर गाेल भए पछि पेनाल्टी सुट आउट मार्फत थप २ गाेल गर्दै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई ४-२ काे गाेल अन्तरले हराउँदै फाइलमा पुगेको आयाेजकले जानकारी दिएको छ ।
फाइनल खेल आगामी २७ गते हुने भएको छ।फाइनल खेलमा राप्ती गाउँपालिका र लमही नगरपालिका बीच प्रतिस्पर्धा हुने बताइएको छ ।
गढवा गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गाउँपालिका स्तरीय, वडा स्तरीय, विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल,भलिबल लगायत अन्य विविध खेलकुद प्रतियोगिताकाे आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पाेख्रेलले जानकारी दिनु भएको छ ।
यसैबीच खेलकुद प्रतियोगिताको आजै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्नु भएको थियो ।