बिहिबार, माघ २३, २०८२

अर्घाखाँचीको सातमारामा ल्याण्ड पुलिङ समिती गठन, संयोजकमा होम प्रसाद शर्मा चयन

अर्घाखाँची २४ फागुन । अर्घाखाँचीको सातमारामा ल्यान्ड पुलिङको लागि बिहीबार उपभोक्ता समिति गठन गरिएको छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत सितगंगा नगरपालिका वडा नम्बर ८ सातमाराका स्थानीय बासीहरुको स्वतः स्फूर्त सहमतीमा पूर्वधार विकास प्राविधिकरणले ल्यान्ड पोलिङ कार्यक्रमका लागि निर्णय गरेको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता तथा प्राविधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको प्रमुख आतिथ्यता र जग्गा विकास आयोजनाका अध्यक्ष स्यामेस चौधरीको विशिष्ट अतिथिमा स्थानीय उपभोक्ताको भेलाले सर्वसम्मतिका साथ होम प्रसाद शर्माको संयोजकमा १५ जना सदस्य रहने गरि उपभोक्ता समिति गठन गरेको हो ।

सो समितिको संयोजकमा होम प्रसाद शर्मा तथा सदस्यहरुमा रेनु प्रसाद बेल्बासे, कर्ण बहादुर कुमाल, रमेश पौडेल, गीता केसी, रमेश खड्का, काशीनाथ खनाल, प्रेमनारायण खनाल, विस्ना विक, पार्वता खनाल, सिखा सुनार, जीवा गिरी, यम बहादुर के सी, जीत बहादुर घर्ती र सन्तोष श्रेष्ठ रहेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation