शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो ।  प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘दुखद: चितवनवासीका लागी दुर्भाग्य । स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ।’

२०६४ सालमा रोल्पा–२  र काठमाडौँ–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौँ–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation