Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई

देउखुरी २७ फागुन । दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ ।

आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै राप्ती गाउँपालिकाले उपाधि जितेको हो ।

राप्ती गाउँपालिकालाई जित दिलाउन वडा नं.३ का वडा अध्यक्ष तथा टिम क्याप्टेन उमेश अधिकारी सहित राजेश चाैधरी र लक्ष्मण चाैधरीले १/१ गाेल गर्नु भएको थियो भने शाेभाराम चाैधरीले २ गाेल गर्नु भएको थियो ।

विजेता टिमले ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै उत्कृष्ट खेलाडीकाे रुपमा राप्ती गाउँपालिकाका शाेभाराम चाैधरी सम्मानित हुनु भएको छ ।

खेल अवधिभर रेफ्रीकाे भूमिकामा एन्फा रेफ्री देव नारायण दाहाल,माेहन गाैतम र आदित्य केसी रहनु भएको थियो ।

गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गत फागुन २२ गतेदेखि गाउँपालिका स्तरीय, वडा स्तरीय, विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल, भलिबल, क्रिकेट लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको थियो ।

यसैबीच खेलकुद प्रतियोगिताको आइतबार गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदा कुमारी चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation