Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने

देउखुरी २ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने भएको छ ।

गाउँपलिकाले चालु आर्थिक २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिन लागिएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिनुभयो ।

गाउँपालिकाले खुल्ला जग्गामा तरकारी खेती गरे वापत प्रति कठ्ठा २ हजार र प्लाष्टिक टनेल भित्र खेती गरेमा प्रति टनेल (५×१० मीटर) १ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै पालिकाले अनुदान प्राप्त गर्नका लागि कृषक तथा कृषि फर्महरुले कम्तिमा ३ कठ्ठा र कृषक समूह तथा कृषि सहकारी संस्थाहरुले कम्तिमा १० कठ्ठा क्षेत्रफलमा तरकरी खेती गरेको हुनु पर्ने प्रावधान राखेको छ ।

गाउँपालिकाले तरकारी खेती तर्फ कृषकहरूलाई प्रोत्साहन गर्न क्षेत्रफलको आधारमा अनुदान दिन लागिएको शाखा प्रमुख गडरियाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा सहभागि हुन चैत १४ गतेभित्र इच्छुक कृषक, कृषि फर्म, कृषक समूह र कृषि  सहकारीले आवश्यक कागजात सहित गाउँपालिकाकाे कृषि शाखामा आवदेन दिन सक्ने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation