बिहिबार, माघ २३, २०८२

गढवा होटल ब्यवसायी संघको छैठौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न

गढवा ३ चैत्र । गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रममा शनिबार गढवाको जमुनिबासमा सम्पन्न भएको छ ।

गढवा होटल ब्यवसायी संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सरकारले चलाउन नसकेको तिस बर्षदेखि बन्द रहेकोले कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आफु किताव बिक्री कार्यक्रम तय गरेको बताउनु भयो । नेपालमा कृषि प्रधान देशमा सबैलाई कृषि औजार आवश्यक पर्ने तर सबै चिनबाट आयात हुने गरेको बताउदै डाक्टर पुनले कृषि औजार कारखाना सञ्चालन भए रोजगारीको साथै कृषि औजारका सामाग्री स्वदेशमै पाउन सकिने बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, गढवा उद्योग बाणिज्य संघका ओमप्रकाश बसेल, लमही उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव पोख्रेल लगायतले गढवा होटल ब्यवसायी संघको वार्षिक उत्सव तथा बनभोज कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक नविन वली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लमही उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव पोख्रेल, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र अध्यक्ष दयाराम थापा, नेपाल मगर संघका अध्यक्ष रमित बुढामगर, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।

गढवा होटल ब्यवसायी संघका सचिव टोपलाल सुबेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका तिलक पुनले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation