बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी काम भइरहेको छ : श्रम कार्यालय ताहाचल

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले छिटो, छरितो र व्यवस्थित ढंगले श्रम स्वीकृति दिन प्रयास भइरहेको जनाएको छ । कार्यालयकाअनुसार श्रम मन्त्रीबाट एक घण्टाभित्र श्रम स्वीकृति दिन निर्देशन भएअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधारको प्रयास भइरहेको छ ।

पछिल्लो समय फेमिस प्रणालीमा समस्या आइरहने गुनासो छ । सफ्टवेयरमा समस्या आउँदा दुई/तीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीले बताएका छन् । यसका कारण श्रमिकले हैरानी खेप्नुपरेको छ । समयमा श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारीमा जाने कतिपयको जहाज समेत छुट्ने गरेको गुनासो छ ।

यस्तो गुनासो बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले हिजोदेखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो । श्रममन्त्रीको निर्देशन र विद्यमान प्रणालीमा गरिएको सुधारअनुसार एक घण्टा या त्योभन्दा कम समयमै श्रम स्वीकृति दिने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation