
पहिरोका कारण अवरूद्ध घोराही लमही सडक दिउसो ३ बजेदेखी एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ८ घण्टाको समय लगाएर पहिरो पन्छाएपछि अहिले एकतर्फी निजी साना सवारीका साधन मात्रै सञ्चालनमा आएका छन् ।
अहिले पनि लेदो सहितको पहिरो खसीरहेकाले ठुला सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । मसोट खोला नजिक गएराति पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका हुन् ।
बिहान ६ बजेदेखि ३० जना नेपाली सेना जेसीबीसहित पहिरो हटाउने काममा खटिरहेको घोराहीस्थित नेपाली सेनाको रणसिंह दल गणका प्रमुख रवीन्द्र महर्जनले जानकारी दिनुभएको छ । ठूलो पहिरो गएका कारण सडक सञ्चालन गर्न समय लागेको हो भने पुर्ण रुपमा सञ्चालनमा ल्याउन अझै समय लाग्ने देखिएको छ ।