बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका ३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८४ जनाको स्वास्थ्य परिक्षण

देउखुरी १० चैत । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा “ज्येष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शनिबार विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा ४८ महिला र ३६ पुरुष गरी ८४ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा ३५ जनाको मधुमेह र ९ जनाको पिसाब जाँच समेत गरिएको थियो ।

शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डा. उमाकान्त तिवारी, सिसहनियाँ ‘स्वास्थ्य चौकीका डा.सुरेश घिमिरे, हेल्थ असिस्टेन्ट पदमप्रसाद पौडेल, अनमी सुनिता केसी, अहेब पुनम कुमाल, रीमा जिसी, मनसरी राना मगर, ल्याब असिस्टेन्ट स्वागत श्रेष्ठ, कुन्ता पाैडेल लगायतले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । भने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, रण बहादुर पुजाली, समाजसेवी उत्तम अधिकारी लगायतको सहभागीता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation