Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मसुरिया करेन्ट अपडेट : एकै घरका ३ जनाको मृत्यु

देउखुरी १० चैत । दाङमा करेन्ट लागेर तिन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका ३ मसुरिया स्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तिन जनाको मृत्यु भएको हो । २ जनाको घटना स्थल मै र एकको बुटबल उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।

स्थानीय ५५ बर्षिय दिलसरा केसी र उनका ४ बर्षिय नाती इश्वर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए । हजुरआमा र नाती घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा घाइते भएका ६० बर्षिय गोरखबहादुर केसी गम्भिर बुटवलमा मृत्यु भएको छ । उनलाई उचारको लागी बुटवल लगिएको थिए ।

नेपाल विद्युत प्राधिकरणको हाईटेन्सनलाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation