Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बिश्व क्षयरोग दिवसको अवसर गढवामा फलफूल वितरण

गढवा १२ चैत्र । विश्व क्षयरोग दिवसको अवसरमा गढवामा फलफूल वितरण गरिएको छ ।

हो हामीले क्षयरोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ गढवा स्वास्थ्य चौकीले विश्व क्षयरोग दिवस मनाएको छ ।

गढवा स्वास्थ्य चौकीबाट नियमित रुपमा टिबिको औषधी खाइरहेका १४ जना विरामीहरुलाई फलफूल वितरण तथा स्वास्थ्य चेकजाँच गरिएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गढवा स्वास्थ्य चौकीका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर आले मगरले क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य भएकोले परीक्षणको दायरा पनि बढाउनु पर्ने बताउनुभयो । क्षयरोग सङ्क्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनतामा सचेतना अभियान सञ्चालन गर्नुपर्ने अध्यक्ष आले मगरले बताउनुभयो ।

हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउदै आइएको छ ।नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ । नेपालमा एक वर्षमा मात्रै ७० हजारभन्दा बढी बिरामी थपिएको अध्ययनले देखाएको छ ।

नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेकाे छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगकाे हुनसक्ने चिकित्सकहरु बताउँछन । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ ।

टिबी मुक्त गढवा गाउँपालिका कार्यक्रमका कार्यक्रम संयोजक स्वेच्छा रोकाया, स्वास्थ्य चौकीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गढवा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थीयो ।

कार्यक्रमको सञ्चालन गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation