देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऎरावती आदर्श बहुमुखी क्याम्पसमा लिइदै आएको चारित्रिक प्रमाणपत्रको शुल्कमा दुई हजार रुपैयाँ कम गरिएको छ ।
सामाजिक संजालमा चौतर्फी विरोध भएपछी तत्कालीन क्याम्पस संचालक समितिको यहि चैत ९ गतेको निर्णयअनुसार चारित्रिक प्रमाणपत्रको शुल्क पाँच हजार रुपैया कायम गरिएको छ ।
क्याम्पसले स्नातक तह उत्तीर्ण विद्यार्थीहरुबाट लिएको चारित्रिक प्रमाणपत्र शुल्कको नगदी रसिद सामाजिक संजालमा सार्बजनिक भएको बिषयप्रती गम्भीर ध्यानाकर्षण हुँदै सामाजिक संजालमा आएका सबै किसिमका सल्लाह, सुझाब र प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको क्याम्पस व्यवस्थापन समितीले बताएको छ ।
चारित्रिक प्रमाणपत्र शुल्क पाँच हजार र पुस्तकालय व्यवस्थापन सहयोग शुल्क दुई हजार गरि सात हजार लिईदै आयको उक्त बिज्ञप्तिमा उल्लिखित छ ।