आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपालिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् ।

डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आएका थिए । तर,श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन् ।

त्यस्तै डाँगीलाई नस्विकार्ने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन् । जसले गर्दा विवाद समाधान हुन सकेकाे छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation