बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाकाे दाेस्राे चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

देउखुरी १५ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

गाउँपालिकाकाे वडा नम्बर ९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो ।

राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती  गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बताउनुभयो ।

साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले दाेस्राे चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी,कृषि, सडक, सिँचाइ,विद्युत लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले जवाफ दिनु भएको थियोे ।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक, विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गर्नु भएकोे थियो ।

स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation