![](https://dangalionlinekhabar.com/wp-content/uploads/2024/03/20240331_222226.jpg)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्राेलकाे मूल्य लिटरमा चार रुपैयाँ बढाइएकाे हाे ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य ताेकिएकाे निगमले जनाएकाे छ । पेट्राेल अब ठाउँअनुसार प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसादेखि १ सय ७५ रुपैयाँ पर्नेछ ।
निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ । डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको भए पनि निगमले मूल्य घटाएन ।
ग्यासमा अझै पनि प्रतिसिलिन्डर २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले भाउ यथावत राखिएको निगमले जनाएकाे छ ।