Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरीको बनगाउँमा बस एक आपसमा ठोक्किदा दर्जन बढी यात्रु घाइते

लमही २१ चैत्र । देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते भएका छन । लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

बुटवलबाट सुर्खेतका लागि हिडेको लु १ ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि हिडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । दुर्घटनामा दुबै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ । अस्पतालमा अहिले लमही नगरपालिका-४ का वडा अध्यक्ष सुवास न्यौपाने र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का पुगेर घाइतेहरुको अवस्था बुझ्दै उपचारमा सहयोग स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।

घाइतेहरुको विवरण आउँन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation