Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाकी उपाध्यक्ष चाैधरी र शिक्षा शाखा प्रमुख विकद्वारा पुस्तकालयकाे अवलोकन

देउखुरी २२ चैत । दाङ देउखुरी राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी र शिक्षा शाखा प्रमुख विश्वास विकले दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा हालै स्थापन गरिएको पुस्तकालयकाे बिहीबार अवलोकन गर्नुभएको छ ।

पुस्तकालयकाे स्थापना गरि विद्यार्थीहरूलाई सहजरूपमा विभिन्न प्रकारका पुस्तक अध्ययन सुविधा प्रदान गर्ने र उनीहरूकाे चाैतर्फी ज्ञानकाे विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश भण्डारीले बताउनुभयो ।

संघीय सरकारकाे चालु आर्थिक वर्ष २०८०/८१ काे सामुदायी विद्यालय तर्फ पुस्तकालय स्थापना तथा व्यवस्थापन कार्यक्रम अन्तर्गतकाे करिब ६ लाख ५० हजार रुपैयाँमा पुस्तकालय स्थापना गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

साे अवसरमा उपाध्यक्ष चाैधरीले विद्यालयकाे हालको शैक्षिक तथा भाैतिक अवस्थाकाे बारेमा जानकारी लिनु भएको थियोे ।

त्यस्तै शाखा प्रमुख विकले पुस्तकालयलाई आगामी दिनमा अझ व्यवस्थित गर्दै ई पुस्तकालयकाे रुपमा विकास गर्न आवश्यक रहेको बताउदै विज्ञान प्रयाेगशाला स्थापनाका लागि पनि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पुस्तकालयमा नेपाली, अङ्ग्रेजी शब्द काेष, कथा, कविता, निबन्ध लगायत विभिन्न ३ सय ७० प्रकारका २ हजार बढी पुस्तकहरु रहेको शिक्षक टाेमलाल गैरेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation