बिहिबार, माघ २३, २०८२

होटल पौवाको ८औं बार्षिकोत्सब भालुबाङ साखाले नि:शुल्क स्वास्थ्य सिविर गरेर मनाउँदै

भालुवाङ २३ चैत । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको होटल पाैवाले ८ औं स्थापना दिवसका दिन मधुमेह, मृगौला र उच्च रक्तचापको निशुल्क चेकजाँच गर्न लागेको छ ।

पाैवाले देशभरका १२ वटा शाखामा चैत २५ गतेका दिन विभित्र कार्यक्रम गर्दै छन । जस मध्ये भालुवाङ शाखाले बुटवल स्थित केन डाइबेटिज एण्ड थाइराइड सेन्टरको प्राविधिक सहयोग निशुल्क स्वास्थ्य चेकजाँच गर्न लागेको शुक्रबार होटल पाैवामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सो विषयमा जानकारी गराएको भालुवाङ शाखाका प्रमुख श्याम न्याैपानेले जानकारी दिएका छन । नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि पाैवाले दाङको भालुवाङमा पहिलो पटक नि:शुल्क स्वास्थ्य सेवा दिन लागेको छ । पछिल्लो समय मानिसहरूमा मधुमेह, मृगौला र उच्च रक्तचाँपको चेकजाँच गरि परामर्श दिन थालेको शाखा प्रमुख न्याैपानेले बताएका छन । विहान ७ बजे देखि ११ सम्म शिविर सञ्चालन हुने र सवैलाई सेवा लिन शाखा प्रमुख न्याैपानेले आग्रह गरेका छन ।

नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ । नेपालीपन, नेपाली सेवा र नेपाली परिकारले परिचित पौवाको हस्पिटालिटी, नेपाली हस्पिटालिटीलाई पहिलो प्राथमिकतामा राखेर नेपाली चाडपर्व, जनजातकिा रैथाने स्वाद र संस्कृतिलाई ब्राण्डिङ गर्दै सेवा अभियानलाई निरन्तर अगाडि बढाइएको छ ।

१२ वटा शाखाबाट देशका विभिन्न स्थानमा सेवा दिँदै आएको पौवाले १३ औ शाखाका रुपमा नेपालगन्जमा सेवा विस्तार गर्ने योजना समेत बनाएको छ । देशभर रहेका पौवाका १२ वटा शाखामा करिब ४ सय ५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।

स्थापनाको ८औं वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको पाैवाले जानकारी दिएको छ । भैरहवाको होटल पौवा सन्चालनमा रहेको छ । दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, पर्यटकीय राजधानी गण्डकी प्रदेशको राजधानी पोखरा, बागमती प्रदेशको काठमाडौंको गौशालामा संचालनमा रहेको छ । त्यसैगरी सुदुरपश्चिमको धनगढीमा पनि संचालन भइरहेको छ । कर्णाली प्रदेशको जुम्लामा पौवाले सेवा सुरु गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation