देउखुरी २६ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले राेल्पाकाे त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहितको भ्रमण टाेलीलाई साेमबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा स्वागत गर्नुभएको छ ।
कृषि तथा पाेषण सम्बन्धि विषयमा पाल्पा र गुल्मी जिल्लाको विभिन्न स्थानकाे तीन दिने अवलोकन भ्रमण सकेर गृह जिल्ला राेल्पा फर्कदै गर्दा उहाँहरुलाई पालिकामा स्वागत गर्नु भएको हाे ।
साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी र त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा मगर बीच स्थानीय सरकार सञ्चालन गर्दाका अनुभवहरु आदानप्रदान गर्नु भएको थियो ।
त्यस्तै उहाँहरूले आआफ्नो गाउँपालिकामा भए गरेका असल कामहरुकाे बारेमा जानकारी गराउदै त्यस्ता कामहरुकाे एकअर्कामा सिकाे गर्न आवश्यक रहेको बताउनुभएको थियाे ।
साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा भ्रमण टाेलीका प्रमुख कर्ण बहादुर बाठा मगर लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।